सराङकोटमा ८ गतेबाट तीजमेला

समाधान संवाददाता २०८२ भदौ ६ गते १८:०६

पोखरा । पोखरा १८ को सराङकोट धाममा हुने तीज मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौमा मेला हुने भएको हो ।

Advertisement

मेला गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यीय मूल समारोह समिति एवं २७ सदस्यीय सचिवालय व्यवस्थापन समिति बनाइएको छ । कृष्णबहादुर थापाको नेतृत्वमा प्रचारप्रसार, शिवप्रसाद कोइरालाको नेतृत्वमा आर्थिक संकलन, वडा सदस्य कल्पना ढकाल क्षत्रीको संयोजकत्वमा महिला परिचालन एवं राजकिशोर थापाको नेतृत्वमा युवा परिचालन समिति बनेका छन् ।

मेला अन्र्तगत खुला तीजगीत, एकल महिला नृत्य, डोरी तान्ने, ठेलो हान्ने लगायतका प्रतियोगिता हुँदै छन् । तीजगीततर्फ प्रथम हुने समूहले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार तथा सान्त्वना हुने ३ समूहलाई २१ हजार साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट भेषभूषा तथा नृत्यलाई ३ हजार ५ सयका साथमा प्रमाणपत्रको व्यवस्था छ ।
तीजगीत सराङकोटको ऐतिहासिक पृष्ठभूमि, धार्मिक एवं पर्यटकको महत्व विषय केन्द्रीत हुनुपर्ने छ । तीजका मौलिक गीतमा हुने एकल महिला नृत्यतर्फ प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार, सान्त्वनालाई ३ हजार प्रदान गरिने महिला परिचालन समिति संयोजक वडा सदस्य कल्पना ढकाल क्षत्रीले बताइन् ।

Advertisement

डोरीतानमा विजेता समूहले ११ हजार १ सय, उपविजेताले ७ हजार १ सय एवं ठेलोतर्फ प्रथमले ५ हजार १ सय र द्वितीय हुनेले ३ हजार १ सय पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया