कन्या क्याम्पसमा तीज गीत

समाधान संवाददाता २०८२ भदौ ६ गते १८:०८

पोखरा । कन्या क्याम्पस पोखराले नेपालीहरूको महान पर्व तीजको अवसर पारेर अन्तरछात्रा समूह तीज गीत प्रतियोगिता गरेको छ । प्रतियोगितामा सहभागी समूहमध्ये बिबिएस चौथो वर्षका सोनु पाइजाको समूह प्रथम, बिबिएस तेस्रो वर्षका प्रतीक्षा ढकालको समूह द्वितीय, बिएड दोस्रो वर्षका कृतिका पराजुलीको समूह तृतीय र कक्षा १२ का नवीना मगरको समूहले सान्त्वना स्थान हासिल गरेका थिए ।

Advertisement

क्याम्पसबाट स्नातक तह चौथो वर्षमा बिबिएस, बिए र बिएड पूरा गरेका छात्राहरूलाई सोही अवसरमा सम्मान गरिएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिदेवी कोइरालाले नेपालमा तीज मनाउनुको उद्देश्य र महत्वको बारेमा जानकारी गराउँदै नेपाली लोक संस्कृतिको जगेर्ना गर्न सबैले पहल गर्नुपर्ने बताइन् । सभाका अध्यक्ष कृष्णमोहन श्रेष्ठले छात्राहरूको प्रतिभा प्रस्फुटन देखेर निकै प्रभावित भएको बताउँदै आगामी दिनहरूमा पनि यस्तो कार्यक्रम आयोजना गर्न समितिले पहल गर्ने बताए । सहभागी छात्राहरूले महिला हिंसा, वैदेशिक युवा पलायन, बेरोजगारी, दुव्र्यसन लगायत विषयमा गीत प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा क्याम्पसका उपप्राध्यापक लक्ष्मी सापकोटा, केशवशरण पराजुली र अर्चना यादव थिए ।

Advertisement

क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले छात्राहरूको प्रतिभा प्रस्फुटन गराउन र छात्राहरूबीच तीजको महत्व बुझाउन कार्यक्रमको आयोजना गरिएको बताए । क्याम्पसका व्यवस्थापन संकायका प्रमुख उपप्राध्यापक इन्द्रकमल मानन्धरले कार्यक्रम सञ्चालन गरेकी थिइन् । सोही अवसरमा छात्राहरूलाई दर खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया