पोखरामा एकैपटक १० वटा प्रोटोन गाडी हस्तान्तरण

समाधान संवाददाता २०८२ भदौ ६ गते १८:१६

पोखरा । प्रोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एकैसाथ १० वटा प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेर नयाँ कीर्तिमान कायम गरेको छ । पोखरामा शुक्रबार आयोजित समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापनका प्रतिनिधिहरूको उपस्थितिमा ती गाडी हस्तान्तरण गरिएका हुन् ।

पोखरामा एकैपटक यति धेरै गाडीको सामूहिक हस्तान्तरणले पूर्णतः विद्युतीय एसयूभी मोडल इमास ७ प्रति ग्राहकको बढ्दो विश्वासलाई देखाएको छ । कम्पनीले यो गाडीमा स्टाइल, उत्कृष्ट प्रदर्शन, अत्याधुनिक प्रविधि र दीर्घकालीन किफायतपनको संयोजन रहेको दाबी गर्दै आएको छ ।

कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटवालले पोखरावासीले यातायातको भविष्यलाई आत्मसात गरेको बताए । उनले भने, ‘आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो ।

Advertisement

पोखरावासीहरूले यातायातको भविष्यलाई अँगालेका छन् र स्वच्छ तथा स्मार्ट यातायाततर्फको यस यात्रामा प्रोटन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ । यो त (हरित नेपाल) ग्रिनर नेपालको दिशामा हाम्रो यात्राको सुरुवात मात्र हो ।’

शक्तिशाली १६० किलोवाटको मोटर, गाडीभित्रको फराकिलो ठाउँ, उन्नत सुरक्षा प्रविधि र उद्योगमै सबैभन्दा लामो अवधिको ८ वर्षे ब्याट्री वारेन्टी जस्ता विशेषताका कारण प्रोटोन इमास ७ ले देशभरका ग्राहकहरूलाई आकर्षित गरिरहेको छ ।

Advertisement

कम्पनीले आकर्षक फाइनान्सिङ योजना, भरपर्दो बिक्रीपछिको सेवा र विद्युतीय सवारीको स्वामित्वलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ । प्रोटोन नेपालले देशभर आफ्नो शोरुम र सेवा सञ्जाल विस्तार गर्दै थप नेपाली परिवार र व्यवसायलाई विद्युतीय सवारीमा रूपान्तरण हुन सहज बनाउने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया