पोखरामा हुन्डाईको ‘एक्सपेरियन्स ड्राइभ’ र ‘एक्सचेन्ज क्याम्प’

पोखरा । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पोखराको बुद्ध चोकस्थित सोरुममा भदौ ७ र ८ गते ‘एक्सपेरियन्स ड्राइभ’ र ‘एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ। दशैं-तिहारलाई लक्षित गरी कम्पनीले भदौ २ गतेदेखि सुरु गरेको ‘दशैं तिहार १० गुणा उपहार’ योजनाअन्तर्गत पोखरामा यो कार्यक्रम गरिएको हो। कार्यक्रममा ग्राहकले हुन्डाईका गाडीहरूको प्रत्यक्ष अनुभव लिनुका साथै एक्सचेन्जको अवसर समेत पाउने छन्।
कम्पनीको चाडपर्व योजनाअनुसार ग्राहकले गाडी खरिदमा ८ लाख रुपैयाँसम्म नगद छुट र स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्न सक्नेछन्। यसका साथै, ग्राहकले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क बीमा र सडक करको सुविधा पनि पाउने कम्पनीले जनाएको छ।
सबै हुन्डाई गाडीहरूमा ३ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङको सुविधा रहेको छ। यसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रति हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाउने कम्पनीको भनाइ छ। हुन्डाई नेपालले गाडी मन पराउने सबैलाई र नयाँ गाडी किन्ने सोचमा रहेकाहरूलाई बुद्ध चोकस्थित सोरुममा आएर अवसरको फाइदा लिन अनुरोध गरेको छ।






सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया