भाषणले होइन, रोजगारीले रोकिन्छ युवा पलायन: धनराज गुरुङ

स्याङ्जा ।
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले नेताहरूका खोक्रा भाषण र आश्वासनले युवा पलायनको विकराल समस्या समाधान नहुने बताउनुभएको छ । देशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्ने तर भाषणमा मात्रै युवालाई रोक्ने कुरा गर्नुको कुनै अर्थ नहुने उहाँको भनाइ थियो ।
शुक्रबार श्री कालिका पुस्तकालयले स्याङ्जाको भिरकोटमा आयोजना गरेको तीज गीत प्रतियोगिता कार्यक्रममा बोल्दै उहाँले युवालाई भाषण नभई देशमै भविष्य देख्ने आधार चाहिएको बताउनुभयो । नेताहरूले माइक पाउनासाथ एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिले देश विकासमा अवरोध पुगेको उहाँले टिप्पणी गर्नुभयो । ‘हामी माइक पाउन साथ एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको छ,’ गुरुङले भन्नुभयो, ‘यसले देश विकासमा पनि अवरोध गरेको छ ।’
देशलाई समृद्ध बनाउन सके मात्र युवा पलायन रोकिने भन्दै उहाँले जडीबुटी, पर्यटन र कृषि जस्ता क्षेत्रमा सरकारले ठोस लगानी र योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । युवाहरूको विदेशिने बाध्यतालाई इंगित गर्दै उहाँले भन्नुभयो, ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुँदै विदेशिने रहर कसैलाई हुँदैन । युवालाई भाषणभन्दा पनि रोजगारीको खाँचो छ ।’
कार्यक्रममा उहाँले स्याङ्जाको विकास निर्माणका विषयमा पनि जानकारी गराउनुभयो । सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’ मा स्तरोन्नति गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै काम सुरु हुने उहाँले बताउनुभयो । ‘सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने प्रक्रिया द्रुत गतिमा अगाडि बढेको छ,’ उहाँले भन्नुभयो । साथै, स्याङ्जाका जोखिमयुक्त ग्रामीण सडकलाई सुरक्षित बनाउने अभियान पनि निरन्तर चलिरहेको गुरुङले जानकारी दिनुभयो ।
विकास कुनै एक व्यक्ति वा दलले मात्रै गर्न नसक्ने भन्दै उहाँले सबै राजनीतिक दल, नागरिक र सरकारको साझा प्रयासबाट मात्रै देश बन्ने धारणा राख्नुभयो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया