पोखरामा ईक्यान शैक्षिक मेला हुने

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा पोखरामा ईक्यान शैक्षिक मेला हुने भएको छ ।
भदौ २० र २१ गते (शुक्रवार र शनिवार) पोखरामा आठौं संस्करणको मेला हुने ईक्यान कास्कीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ईक्यानका अनुसार मेलामा विभिन्न मुलुकका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधि, ईक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित करिब ६० वटा स्टल रहनेछन् ।
मेलामा सहभागी विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने संघका अध्यक्ष ओमप्रकाश गैह्रेले जानकारी दिए ।
पोखराका विद्यार्थीलाई विदेशमा अध्ययन सम्बन्धी प्रत्यक्ष जानकारी दिलाउन मेलाको आयोजना गरिएको अध्यक्ष गैह्रेले बताए । उनका अनुसार विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छान्न, पढ्न चाहेको मुलुक र विश्वविद्यालय रोज्न मेलाले सहजता दिने अपेक्षा गरिएको छ ।
मेलामा विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने, भविष्यको योजना बनाउने, विश्वविद्यालय भर्ना प्रक्रिया तथा योग्यता सम्बन्धी जानकारी उपलब्ध गराइनेछ । साथै सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायत आकर्षक उपहारसमेत प्रदान गरिने मेला संयोजक तथा ईक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए ।
मेलामा प्रस्तुतकर्ता का रूपमा टाइम्स एजुकेशनल रहनेछ भने सहकार्य ब्रिटिस काउन्सिलले गर्नेछ । त्यस्तै, ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएसबिटी) लगायतका संस्थाहरूले मेला सहकार्य गर्नेछ । मेलामा बैंकिङ पार्टनरका रूपमा एनएमबि बैंक रहने जनाएको छ ।
ईक्यान कास्कीले पोखरामा हुने यस शैक्षिक मेलाले विद्यार्थीलाई आफ्नो अध्ययन लक्ष्य पूरा गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया