गण्डकी बोर्डिङको विज्ञप्ति-पढाइ निरन्तर छ, विदा छैन

पोखरा ।
गण्डकी बोर्डिङ स्कुलको छात्रावासमा रहेका केही विद्यार्थी बिरामी परेका छन् । भदौ ६ गते बिहानदेखि विद्यार्थीमा एक्कासि पेट दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिएको हो । विद्यालयले खाद्य विषाक्तताको आशंका गरेको छ । यस घटनालाई अतिरञ्जित गरेको तथा सामाजिक सञ्जालमा सहायक प्राचार्यको नाम जोडेर विद्यालयमा ३ दिन बिदा दिइएको भनी भ्रामक प्रचार भएको भन्दै विद्यालयले त्यसको खण्डन गरेको छ । हाल विद्यालयमा रहेका र बिदामा घर गएका विद्यार्थीमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको विद्यालयको भनाइ छ । विद्यालयमा हाल कुनै समस्या नरहेको र नियमित तालिकाअनुसार आइतबारदेखि पठनपाठन सञ्चालन हुने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
विद्यालयले भदौ ७ गते एक विज्ञप्ति जारी गर्दै भदौ ६ गते बिहान करिब १:३० बजेपछि विद्यार्थीमा स्वास्थ्य समस्या देखिन थालेको जनाएको छ । बिरामी परेका विद्यार्थीलाई तत्काल विद्यालयको स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । बिहान ९ बजेसम्म धेरै विद्यार्थीमा यस्तै लक्षण देखिएको तर सुरुमा उपचार गरिएका विद्यार्थीमा भने पुनः समस्या नदेखिएको विद्यालयले बताएको छ । केही विद्यार्थीमा भने मानसिक त्रासका कारणले समेत लक्षण देखिएको विज्ञप्तिमा उल्लेख छ ।
समस्या देखिएपछि सोही दिन दिउँसो अधिकांश विद्यार्थीलाई नियमित तालिकाअनुसार घर पठाइएको थियो भने केहीलाई अभिभावकको जिम्मा लगाएर समयअगावै घर पठाइएको थियो । विद्यालयले अघिल्लो दिन खरिद गरेर ल्याइएको खाद्य पदार्थका कारण समस्या भएको हुन सक्ने आशंका गरेको छ । यस विषयमा छानबिन गरिदिन खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पोखरालाई पत्राचार गरिएको प्राचार्य डा. विश्वयुधिर पौडेल घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाबारे गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई समेत अनुरोध गरिएको र मन्त्रालयको एक प्राविधिक टोलीले विद्यालयको अवलोकन भ्रमण तथा आवश्यक सोधपुछ गरिसकेको विद्यालयले जनाएको छ । यसका साथै विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले पनि एक छानबिन समिति गठन गरेको छ ।










पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया