तीजगीतमा विन्ध्यवासिनी मावि उत्कृष्ट

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको जुनियर युवा समितिले जिल्ला स्तरीय अन्तरविद्यालय तीज गीत प्रतियोगिता २०८८२ को आयोजना गरेको छ । प्रतियोगितामा पोखरा १६ बाटुलेचौरको विन्ध्यवासिनी मावि प्रथम भएको छ ।
नेपाली नारीको महान पर्व हरितालिका तीजको सन्दर्भमा भएको प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकास्थित बराह मावि भेडाबारी द्वितीय, पोखरा १७ को छोरेपाटन मावि तृतीय र अमरसिंह माविले सान्त्वना पुरस्कार पाएको छ ।
प्रतियोगितामा जिल्लाका २३ वटा विद्यालयका जुनियर रेडक्रस सर्कलहरूको सहभागिता रहेको रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री तथा जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद, मेडल र ट्रफी प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा दिलीप गायक र कमला गैरे थिए ।
कार्यक्रमका गण्डकी प्रदेश सभाका उपसभामुख वीनाकुमारी थापाले विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिन् । उपसभामुख थापाले तीज पर्वको मौलिकतालाई जोगाइराख्नुपर्नेमा जोड दिइन् । उनले यस्ता सांस्कृतिक कार्यक्रमले बालबालिकामा कला र संस्कृतिप्रति लगाव बढाउने विश्वास व्यक्त गरिन् ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जुनियर तथा युवा सर्कलमार्फत रेडक्रसका गतिविधि आधारभूत तहसम्म पुगेको जानकारी दिइन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा कोइराला न्यौपाने, कोषाध्यक्ष मोहनसिंह खड्का, कार्यसमिति सदस्यहरु सुवास अधिकारी र श्रीकान्त पौडेल, विन्ध्यवासिनी माविको व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, जुनियर रेडक्रस सर्कल विन्ध्यवासिनीका संरक्षक तथा प्रधानाध्यापक कृष्णप्रसाद पौडेल, शिक्षक नायक जयराम पुन, जुनियर सर्कल विन्ध्यवासिनी मावि अध्यक्ष लक्ष्मी गुरुङ लगायतले बोलेका थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया