गुल्मेलीले पोखरामा मनाए तीज

समाधान संवाददाता २०८२ भदौ ८ गते १२:४८

पोखरा । गुल्मेली समाज पोखरा कास्कीले शनिबार तीज मिलन विशेष कार्यक्रम गरेको छ । ‘गुल्मेली समाज पोखरा कास्कीको चाहना, आर्थिक, सामाजिक र साँस्कृतिक समृद्धिको कामना’ भन्ने नाराका साथ भएको कार्यक्रममा सहभागी महिलाले गुल्मीको मौलिक तीजगीत प्रस्तुत गर्नुका साथै आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ ।

उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता रुद्रनाथ पन्थीले समय परिस्थिति अनुसार नयाँ नयाँ सिर्जना भए पनि मौलिक कला र संस्कृतिको छुट्टै महत्व भएको बताए । ‘मौलिक लोक कला, संस्कृतिको जगेर्ना गर्न आवश्यक छ,’ उनले भने, ‘गुल्मीमा जन्मेर देश विदेश रहेपनि गुल्मीको पहिचानको रुपमा रहेको संस्कृति भाका लय शैलीलाई जोगाउनमा लाग्न पर्छ ।’

उनले सबै गुल्मेलीको सुख दुख साट्ने समाजको विकासमा ध्यान दिने जनाए । पोखरा विश्वविद्यालयका सहप्रा डा तुलसी भण्डारीले तीजको मौलिकता र चावपर्वको संरक्षण गर्न पर्ने बताए ।

Advertisement

कार्यक्रममा पत्रकार रामकृष्ण ज्ञवाली, गुल्मेली समाज पोखरा अध्यक्ष कमलप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष रुक्मांगत पोखरेल, सचिव प्रकाश पुन, पूर्व अध्यक्ष तथा सल्लाहकार शंकर ज्ञवाली, एनएमबी बैंक लेकसाइडका शाखा प्रमुख कालीदास पाण्डे, गुल्मेली दिदीबहिनी समूहका अध्यक्ष सीता पाण्डे, कार्यक्रम संयोजक डिला पाण्डे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया