स्याङ्जामा कुटपिटबाट युवकको मृत्यु, दुई जना पक्राउ

स्याङ्जा ।
स्याङ्जाको वालिङमा कुटपिटबाट एक युवकको ज्यान गएको छ। शनिबार राति भएको विवादमा वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए। उनका अनुसार शनिबार राति बाहुनडाँडामा भएको सामान्य विवादले उग्र रूप लिँदा थापामाथि कुटपिट भएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएका थापाको गह्रौ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरा लगिएको थियो। पोखरास्थित अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कुटपिटको सूचना पाउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
फु गाउँको गोरेटो बाटो स्तरोन्नति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया