दोलखा–पोखरा समाजमा धनबहादुर

पोखरा । दोलखा स्थायी घर भई पोखरालाई कर्मथलो बनाउनेहरूको साझा संस्था दोलखा पोखरा मिलन समाजको १२ औं अधिवेशन तथा २४ औं साधारण सभाले धनबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा कमलबहादुर बस्नेत, सचिव रामजी भण्डारी र कोषाध्यक्षमा महेन्द्रबहादुर जिरेल छन् । सदस्यमा देवकुमार श्रेष्ठ, शम्भु भण्डारी, गीता श्रेष्ठ, सुलोचना कार्की र अम्बिका भण्डारी चुनिए । बाँकी २ सदस्यपछि मनोनीत हुने समाजका अध्यक्ष खड्काले जानकारी दिए ।
कार्यक्रममा पर्यटन व्यवसायी लक्की कार्कीले तीज जस्ता सांस्कृतिक महत्व बोकेका पर्वलाई महिला सशक्तीकरणका लागि प्रयोग गर्नुपर्ने उल्लेख गरिन् । उनले समानता र न्याय सिर्जना गर्न आग्रह गरिन् ।
संस्थाका अध्यक्ष धनबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बालकृष्ण श्रेष्ठ, पेमडोमा शेर्पा, मानबहादुर थापा, अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेल लगायतले बोलेका थिए । सो अवसरमा तीजको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया