पार्टीको मुल नेतृत्व केपी ओलीले नै गर्ने

पोखरा । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको सन्दर्भमा जिल्ला कमिटी कास्की मातहतका कमिटीहरुले भेला बैठक गरेर राय सुझाव संकलन गरेका छन् ।
अन्तर पार्टी निर्देशन १२ अनुसार विधान संशोधन प्रस्तावलाई आगामी भदौ १२ गतेसम्म केन्द्रीय कमिटीमा राय सुझाव पेश गर्ने गरी एमालेका कार्यक्रम भएका छन् । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ ।
एमाले प्रतिनिधि सभा निर्वातन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर २ कास्कीले आइतबार आयोजना गरेका कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले विधान महाधिवेशनको महत्वमाथि प्रकाश पार्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले विधान महाधिवेशनले पार्टीको नीति, विधी र भावी कार्यदिशाका बारेमा ठोस निर्णय गर्ने जानकारी दिए ।
‘पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीको विकल्प छैन,’उनले भने, ‘आगामी महाधिवेशनमा पार्टीको मुल नेतृत्व गर्ने निश्चित छ ।’ उनले घर पोलेर खरानीको व्यापार गर्न खोज्ने घर भित्रैका गलत प्रवृत्तिको अन्त्य हुने दाबी गरे । उनले पार्टीभित्रका गलत प्रवृत्ति र एमालेविरुद्ध लाग्ने घरेलु तथा विदेशी प्रतिक्रियावादीहरूसँग सजग र सतर्क रहन आग्रह गरे । उनले पार्टीलाई सैद्धान्तिक र सांगठनिक रूपमा बलियो पार्न सहभागी सबैलाई दिशानिर्देश गरे ।
भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो प्रयोग गरी व्यापार गर्ने सम्झौताप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले नेपाली भूमि माथिको कुदृष्टि प्रति सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको जानकारी दिए । राष्ट्रियताको सवालमा पार्टी दृढ रहेको स्पष्ट पार्दै नेता अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्धारित भारत–चीन भ्रमणका बारेमा समेत आफूहरु गम्भीर रहेको बताए । कार्यक्रममा उनले वर्तमान समसामयिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे प्रकाश पारे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङले आफू कास्की–२लाई अनुशासित र एकताबद्ध एमाले बनाउन दृढ संकल्पित रहेको बताइन् । उनले पोखरा महानगरपालिकासँग सम्बन्धित विविध विषयमा पनि आफ्नो धारणा राखिन् ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापा, कास्की–२ (१)का इन्चार्ज एवं प्रदेश सभा सदस्य भीम कार्की, केन्द्रीय सदस्य तथा कास्की–२ (२) की इन्चार्ज प्रभा कोइराला, निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक भेषराज बराल ‘उपाध्याय’ जिल्ला लेखा समितिका अध्यक्ष बैकुण्ठ आचार्य, निर्वाचन क्षेत्र समन्वय कमिटीका सह–संयोजक बलराम आचार्य, सचिव झपट रानाभाट, पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्य, सचिव सुशील बस्नेत लगायतले बोलेका थिए ।
यसैबीच एमालेको आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ३ कास्कीले राय सुझाव संकलन गरेको छ । कार्यक्रममा विधान संशोधन प्रस्ताव, विधान महाधिवेशनलाई सफल बनाउन क्षेत्रीय स्तरबाट खेल्नुपर्ने भूमिका र पार्टीको राजनीतिक र सांगठनिक विषयमा विभिन्न निर्णयहरू गरेको क्षेत्रीय संयोजक लालबहादुर परियारले जानकारी दिए ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं. ३ (१) का इन्चार्ज मीनाकुमारी गुरुङ, केन्द्रीय सल्लाहकार गणेशमान गुरुङ, प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, प्रदेश कमिटी सदस्यहरु दिलिपविक्रम शाही र समबहादुर गुरुङ गण्डकी प्रदेश सभाका सदस्य देवका पहारी, र जिल्ला कमिटी कास्कीका उपाध्यक्ष भेषराज बराल लगायत २३ जना नेता तथा कार्यकर्ताले विधान महाधिवेशनका लागि आ–आफ्नो सुझाव प्रस्तुत गरे ।
पार्टीका केन्द्रीय कमिटी सदस्य तथा कास्की क्षेत्र नं. ३ का इन्चार्ज राजीव पहारीले एमालेको नीति जनताको बहुदलीय जनवाद र नेतृत्व केपी शर्मा ओलीको भएको बताए । उनले पार्टीको मुल नेतृत्व ओलीले गर्ने सन्दर्भमा तल्लो तहसम्म स्वार्थ समूहको अर्थ नभएको चर्चा गरे ।
कार्यक्रममा निर्वाचन क्षेत्र समन्वय कमिटीका सह–संयोजक कृष्ण न्यौपाने, सचिव इमानराज पौडेलले बोलेका थिए ।
कार्यक्रममा कास्की–३ अन्तर्गतका जिल्ला कमिटी सदस्य, पोखरा महानगर अन्नपूर्ण तथा माछापुच्छ्रे गाउँपालिकाका पदाधिकारी, ११ वडा कमिटीका अध्यक्षहरु तथा कमिटीमा मनोनित २० प्रतिशत सदस्यहरूको उत्साहजनक सहभागिता थियो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया