पोखराको आर्वामा बस दुर्घटना, चालकसहित २३ जना घाइते

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर–१३, आर्वामा एउटा यात्रुवाहक बस दुर्घटनामा परेको छ । आर्वा मणीदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका छन् । स्थानीयका अनुसार बस सडकको दायाँपट्टिको भित्तामा ठोक्किएको थियो ।
यात्रुहरुले चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये टंकप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छ । अन्य सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मा लगिएको थियो ।
घाइतेमध्ये ११ जना उपचारपछि घर फर्किसकेका छन् । डिस्चार्ज हुनेहरुमा चालक ४२ वर्षीय तेजबहादुर मगर, ४६ वर्षीय चन्द्रबहादुर आले, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, २५ वर्षीया कविता पाण्डे, १० वर्षीय एञ्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल, ६ वर्षीय दिव्यान बराल, ४६ वर्षीय सरद बराल र ७० वर्षीय पदमराज बराल रहेका छन् ।
अस्पतालमा उपचाररत अन्य घाइतेहरुमा पोखरा–१३ कै २० वर्षीया अञ्जली परियार, ३२ वर्षीया अनिता सापकोटा, ६५ वर्षीया अम्बिका बराल, ३० वर्षीया सुरमा परियार, ९ वर्षीया सुप्रिया परियार, ६५ वर्षीया मनशोभा परियार, ५२ वर्षीया कोपिला बराल, ६२ वर्षीय टंकप्रसाद देवकोटा, ३२ वर्षीय मधु अधिकारी, ३७ वर्षीया चन्द्र पराजुली, ३४ वर्षीया पार्वती बराल र ५५ वर्षीया जमुना बराल रहेका छन् ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया