पोखरा महानगरका नयाँ प्रशासकीय अधिकृत अर्यालले गरे पदबहाली

समाधान संवाददाता २०८२ भदौ ९ गते १५:५४

पोखरा । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई आएका मुक्तिराम अर्यालले सोमबार पदबहाली गरेका छन् । उनलाई महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना लगायतले स्वागत गरे ।

पदबहाली गर्दै अर्यालले पर्यटकीय राजधानी पोखराको सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रवर्द्धनमा प्रतिबद्ध भएर लाग्ने बताए । उनले भने, “महानगरवासीको सेवालाई चुस्त र प्रभावकारी बनाउन पारदर्शी समन्वयमा मेरो जोड रहनेछ ।”

नगर प्रमुख आचार्यले नयाँ प्रशासकीय अधिकृतलाई स्वागत गर्दै पोखराको विकास प्रक्रियालाई गति दिन र नागरिक सेवालाई पारदर्शी बनाउन कर्मचारी संयन्त्रको प्रभावकारी परिचालनमा जोड दिए ।

Advertisement

यसअघिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं अनिवार्य अवकाशमा गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको जलेश्वर कार्यालयमा कार्यरत अर्याललाई पोखरा पठाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया