वागमती सञ्चार रजिस्ट्रारको कार्यालयले निकाल्यो ‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’

काठमाडौं ।
पत्रकार तथा अध्येता टुमराज कोइराला (कला अनुरागी) द्वारा लिखित ‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’ सार्वजनिक भएको छ । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले ग्रासरुट्स क्र्याबको सहकार्यमा प्रकाशन गरेको यो पुस्तक सोमबारदेखि पाठकका लागि उपलब्ध भएको हो ।
सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकारिताको अभ्यास र सिद्धान्तका लागि आवश्यक विषयवस्तुमा पुस्तक प्रकाशन गर्ने आफ्नो नियमित कार्यक्रमअन्तर्गत यो पुस्तक बजारमा ल्याएको रजिस्ट्रार रेवती सापकोटाले जनाएका छन्। पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार, विद्यार्थी र अध्येताहरूलाई लक्ष्य गरी प्रकाशन गरिएको यो हाते पुस्तकले पत्रकारितामा रचनात्मकताको महत्त्व र प्रयोगबारे मार्गदर्शन गर्ने विश्वास लिइएको छ ।
लेखक कोइराला लामो समयदेखि पत्रकारिता र लेखनमा सक्रिय छन् । पत्रकारितामा रचनात्मकताको अभ्यासलाई सहज बनाउने उद्देश्यले यो पुस्तक तयार पारिएको बताइएको छ । पुस्तकले परम्परागत समाचार लेखनभन्दा माथि उठेर सिर्जनात्मक र प्रभावकारी प्रस्तुतिमा जोड दिँदै पाठकलाई नौलो स्वाद पस्कन पत्रकारहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
ग्रासरुट्स क्र्याबसँगको सहकार्यमा प्रकाशित यस पुस्तकले नेपाली पत्रकारितामा एउटा महत्त्वपूर्ण स्रोत सामग्रीको काम गर्ने प्रकाशकले जनाएको छ । सञ्चार रजिष्ट्रारको कार्यालयले यसअघि पनि पत्रकारितासँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण पुस्तकहरू प्रकाशन गरिसकेको छ र यो पुस्तक सोही शृंखलाको नयाँ कडी हो ।
पुस्तक सोमबार, भदौ ९ गतेदेखि बजारमा उपलब्ध भएको छ । प्रकाशकले पुस्तकको कभर, लेखकको तस्बिर र पुस्तकबारेका उद्धरणसहितका प्रचार सामग्रीसमेत उपलब्ध गराएको छ । पुस्तकबारे थप जानकारी लिन वा समीक्षाका लागि पुस्तक प्राप्त गर्न लेखक वा प्रकाशकलाई सिधै सम्पर्क गर्न सकिने सञ्चार रजिष्ट्रारको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।









सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया