अनेमसंघ गण्डकी अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु सर्वसम्मत
समाधान संवाददाता
२०८२ भदौ ९ गते १६:५९

पोखरा । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु सर्वसम्मत चयन भएकी छन् ।
पोखरामा भदौ ५ र ६ गते सम्पन्न संघको दोस्रो प्रदेश सम्मेलनले उनलाई अध्यक्षमा चयन गरेको हो । उनी यसअघि संघको प्रदेश सचिव थिइन् । म्याग्दीको मालिका गाउँपालिकाकी संस्थापक उपाध्यक्षसमेत रहेकी बिटालु नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य पनि हुन् ।
सम्मेलनले उपाध्यक्षमा पद्मा गुरुङ र कमला मरासिनी, सचिवमा रमा त्रिपाठी, सहसचिवमा निर्मला वाग्ले तथा कोषाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष बिटालुले आफूलाई सर्वसम्मत चयन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै संगठन र पार्टीलाई थप बलियो बनाउन सक्रिय रहने प्रतिबद्धता जनाइन् ।
सम्बन्धित







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया