इम्बोस्ड प्लेट जडान नगर्न व्यवसायीको आह्वान, दबाब दिए प्रतिकार गर्ने चेतावनी

पोखरा
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सरकारले अनिवार्य गर्न लागेको इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सम्पूर्ण यातायात व्यवसायीलाई आह्वान गरेको छ । कम्पनीले यदि प्रशासनले नम्बर प्लेट जडानका लागि कुनै पनि किसिमको दबाब दिएमा त्यसको कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ ।
सरकारले आगामी २०८२ भदौदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेसँगै यातायात व्यवसायीहरूले यसको विरोध सुरु गरेका हुन् । यसै क्रममा, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान जारी गर्दै सबै व्यवसायीलाई यो निर्णयको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।
उनले आफ्नो आह्वानमा भनेका छन्, ‘पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि सबै व्यवसायी साथै महासंघ आबद्ध सबै व्यवसायीलाई इम्बोस्ड नम्बर जडान नगर्न अनुरोध गर्दछौं । यदि प्रशासनबाट कुनै दबाब दिएमा कडा प्रतिवादमा उत्रन कम्पनी तयार रहेको छ । सबैले यसको विरोध गरौं !’
अध्यक्ष केसीको यो आह्वानले सरकार र यातायात व्यवसायीबीच द्वन्द्व बढ्न सक्ने संकेत देखिएको छ । यातायात व्यवसायीहरूले इम्बोस्ड प्लेटको गुणस्तर, लागत र अव्यावहारिकताका विषयमा सुरुदेखि नै प्रश्न उठाउँदै आएका छन् । सरकारले भने यातायात प्रणालीलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन इम्बोस्ड प्लेट अनिवार्य रहेको दाबी गर्दै आएको छ ।
यातायात व्यवस्था विभागले पटक-पटक म्याद थप गर्दै अन्ततः सवारी नवीकरण गर्दा इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ । तर, यातायात क्षेत्रको एक महत्त्वपूर्ण कम्पनीले नै सार्वजनिक रूपमा यसको अवज्ञा गर्न आह्वान गरेपछि यो निर्णयको कार्यान्वयन थप चुनौतीपूर्ण बन्ने देखिएको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया