त्रिशूलीमा पौडी खेल्दा एक किशोर बेपत्ता, एकको उद्धार

तनहुँ ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा सोमबार साँझ एक किशोर बेपत्ता भएका छन् । उनीसँगै नदीमा पसेका अर्का एक बालकको भने सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भरतपुर महानगरपालिका–१६ मंगलपुरका १७ वर्षीय कृष्ण लामिछाने नदीमा बगेर बेपत्ता भएका हुन् । उनको साथमा रहेका भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकाललाई भने उद्धार गरिएको छ ।
प्रहरी नायब उपरीक्षक अशोक थापाले स्थानीय सोमबहादुर बोटेले बालक ढकाललाई नदीबाट सकुशल उद्धार गरेको जानकारी दिए ।
बेपत्ता लामिछानेको खोजी कार्य तीव्र पारिएको छ । थापाका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा खटिएको छ । ‘इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता बालकको खोजतलास गरिरहेको छ, तर फेला पार्न सकिएको छैन,’ उनले भने ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया