२३ इलाका प्रशासन कार्यालय थप्ने तयारी, प्रस्ताव प्रशासन समितिमा

काठमाडौं ।
सरकारले देशभर थप २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालय मातहतको एक कार्यदलले दिएको सुझावअनुसार कार्यालय थप गर्ने प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णयका लागि प्रशासन समितिमा पठाएको हो ।
सेवाग्राहीले भोग्दै आएको हैरानी अन्त्य गर्ने उद्देश्यले कार्यालयहरू थप गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रशासन समितिले उक्त प्रस्तावमाथि आवश्यक छलफल गरी कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउनेछ ।
गृहमन्त्री लेखकले सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । उनले आन्तरिक स्रोत व्यवस्थापन गरेरै तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय विस्तार गर्नुपर्ने बताएका छन् ।
यो प्रस्ताव गृह मन्त्रालयले गत पुसमा गठन गरेको एक कार्यदलको प्रतिवेदनमा आधारित छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित उक्त कार्यदललाई गृह मन्त्रालय र मातहतका निकायको संगठन संरचना, दरबन्दी हेरफेरसम्बन्धी सुझाव दिन जिम्मेवारी दिइएको थियो । सोही कार्यदलले ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन’ पेस गर्दै नयाँ कार्यालय स्थापना गर्न सिफारिस गरेको हो । रासस








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया