बेलचौतारास्थित जिपी कोइराला अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली सुरु
समाधान संवाददाता
२०८२ भदौ १० गते १२:४५

दमौली।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर) सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरे ।
विश्व स्वास्थ्य संगठनको २५ लाख २६ हजार रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पतालमा उपकरण जडान गरी सेवा सुरु गरिएको हो ।
सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरेको यस केन्द्रलाई दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य लिएको छ । यसका लागि शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अस्पताललाई ७४० रोपनी जग्गा उपलब्ध गराइएको छ ।
सम्बन्धित








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया