तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
समाधान संवाददाता
२०८२ भदौ ११ गते १५:३१

दमौली ।
एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो ।
कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ । अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताए । कार्यालयका लागि आव २०८१/८२ मा पुँजीगततर्फ रु ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा रु ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया