चित्रकलाकाबाट देश चिनाउने ठकुरीको अभियान

पोखरा ।
चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेन सिंहठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतारेका छन् ।
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गर्ने लक्ष्यअनुुरुप उनले अकला मन्दिरलाई क्यानभासमा कोरेका हुन् ।
रासससँग सङ्क्षिप्त कुरा गर्दै प्राज्ञ सिंहले कला यात्रा पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरुमा वितरण गरिने बताए । लामो समयदेखि कला क्षेत्रमा त्रियाशील उनले हालसम्म १५० भन्दा बढी सम्पदास्थललाई क्यानभासामा उतारिसकेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य रहिसकेका उनले राष्ट्रको उन्नयनका निम्ति हरेक नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।
अकला देवीको मन्दिर कालीगण्डकी उपत्यकाको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल हो ।









सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया