पोखरा र चीनको हुआङशानबीच भगिनी सम्बन्ध स्थापना हुने, काठमाडौंमा प्रारम्भिक सम्झौता

काठमाडौं ।
नेपालको पर्यटकीय राजधानी पोखरा र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चीनको सुन्दर सहर हुआङशानबीच भगिनी सम्बन्ध स्थापनाका लागि प्रारम्भिक समझदारी भएको छ । दुई सहरबीच पर्यटन, संस्कृति, शिक्षा र सहरी विकासका क्षेत्रमा सहकार्य गर्ने गरी सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो समझदारीले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रख्यात बनाउन र नेपाल–चीनबीचको मित्रतालाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
चिनियाँ उच्चस्तरीय टोलीको समय अभावका कारण काठमाडौंमा आयोजित उक्त समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, चीनको आन्हुई प्रान्तका उप-गभर्नर सन योङ, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, नेपाल सरकारका सचिव रामप्रसाद घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको उपस्थिति थियो ।
मेयर आचार्यका अनुसार, आन्हुई प्रान्तका गभर्नर र हुआङशान सहरका उप-मेयरसहितको उच्चस्तरीय टोली सम्झौतालगत्तै स्वदेश फर्कने कार्यतालिका रहेकाले कार्यक्रम काठमाडौंमा आयोजना गरिएको हो । उनले भने, ‘यस नयाँ सम्बन्धले पोखरालाई अझ अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अभियानलाई सहयोग पुर्याउनेछ ।’

‘पर्यटन राजधानी पोखरा’ र हुआङशान सहरबीच सहकार्यका अन्य आन्तरिक कार्यक्रम र कामका क्षेत्रहरू पछि तय गरिनेछ । यो प्रारम्भिक सम्झौताले दुई सहरबीच औपचारिक भगिनी सम्बन्ध स्थापनाको ढोका खोलेको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया