लायन्स पोखरा अन्नपूर्णमा सुकल्याण

समाधान संवाददाता २०८२ भदौ ११ गते १९:००

पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सुकल्याण पराजुली चयन भएका छन् । निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनमा २५ औं छात्रवृत्ति वितरणसँगै क्लबको पहलमा खानेपानी योजना सम्पन्न भएका ४४ विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

Advertisement

नवनिर्वाचित अध्यक्ष पराजुलीलाई क्लबका वर्ष २०२४/२०२५ का अध्यक्ष गणेशलाल श्रेष्ठले पद हस्तान्तरण गरे । पदभार ग्रहणपछि अध्यक्ष पराजुलीले क्लबले नेपालमा मात्र नभएर विश्वकै लायन्सहरु माझ एक पृथक परिचय बनाउन सफल भएको बताए ।

आफ्नो कार्यकालयमा कर्णाली प्रदेशका लायन्स क्लबसँगको भगिनी संबन्धमार्फत राउटे बस्ती सम्म सेवा पुर्‍याउने, डिस्ट्रिक्ट गभर्नरको स्थानीय सरकारसँग लायन्स भन्ने नारालाई साथ दिदै यस वर्ष गण्डकी क्षेत्रमा बिमा र जोखिम व्यवस्थापनको क्षेत्रमा बिमा प्राधिकरण गण्डकी प्रदेश र नेपाल बिमा तथा जोखिम व्यवस्थापन संघसँग सहकार्य गरिने उनले बताए ।
गण्डकी प्रदेशका पर्यटकीय स्थलका स्थानीय सरकार र व्यवसायीसँगको समन्यवमा होमस्टेका सेवालाई प्रभावकारी बनाउन सहयोग गर्ने कार्यक्रमसमेत गर्ने उनको योजना छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पराजुली र सूर्य बराललाई डिस्ट्रिक्ट ३२५ जेका सचिव पुरुषोत्तम बस्नेतले डिजी मेडल प्रदान गरे ।

Advertisement

छात्रवृत्ति वितरण एंव टंकी निर्माण कार्यक्रमका संयोजक सोनाम साङपोले कक्षा १ देखि स्नातक तहसम्म अध्ययन गर्ने २४ विद्यार्थीलाई प्रतिविद्यार्थी १५ देखि ७५ हजार गरी ७ लाख २७ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको जानकारी दिए । ७० प्रतिशत विद्यार्थीमा दूषित पानीका कारण स्वास्थ्यसम्बन्धी समस्या देखिएको पाएपछि विभिन्न दाताको सहयोगमा खानेपानी टंकी निर्माण गरिएको उनको भनाइ छ ।

क्लबले हालसम्म ५६ वटा टंकी निर्माण गरेको उनले सुनाए । नयाँ समितिलाई पदस्थापन कार्यक्रमका मल्टिपल डिस्ट्रिक्ट काउन्सिल चेयर पर्सन मिलन थापा एवं पूर्व गभर्नर ध्रुव थापा, पदस्थापन अधिकृत तथा डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर मिलनबाबु मल्ल, मल्टिपल कोअर्डिनेटर पूर्वगभर्नर योगेन्द्र प्रधान, डिस्ट्रिक्ट ३२५ जे नेपालका भाइस डिस्ट्रिक्ट गभर्नर प्रजापती बास्तोला, डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का प्रमुख तथा क्लबका पूर्वअध्यक्ष तथा पदस्थापन कार्यक्रमका संयोजक दिनेश तुलाचन, चिफ एडभाइजर कृष्णप्रसाद शर्मा, चण्डिका माविका प्रधानाध्यापक अमृत शेरचन, विद्यार्थी कल्पना क्षेत्री लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया