महानगर र विश्व शौचालय संघबीच सहकार्यको प्रस्ताव

पोखरा । विश्व शौचालय सङ्घका महासचिवको नेतृत्वमा आएको कोरियाली प्रतिनिधिमण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरेको छ । भेटमा सङ्घका महासचिव वन होङ लीले पोखरा महानगर क्षेत्रमा अत्याधुनिक प्रविधियुक्त सार्वजनिक शौचालय निर्माणका लागि सहकार्यको प्रस्ताव गरेका छन् ।
सङ्घले संसारभर सार्वजनिक शौचालय निर्माणको अभियान चलाइरहेको छ । नेपालमा यसअघि काभ्रे र पर्वतमा गरी दुईवटा शौचालय निर्माण गरिसकेको जानकारी दिँदै सङ्घले पोखरामा पनि महानगरपालिकासँग मिलेर काम गर्न इच्छुक रहेको बताएको छ । जनस्वास्थ्य र वातावरणसँग सम्बन्धित भएकाले शौचालय निर्माण महानगरपालिकाको समेत प्राथमिकताको विषय रहेको नगर प्रमुख आचार्यले बताए ।
‘पर्यटकीय राजधानी पोखरा संसारभरका पर्यटक आउने सहर हो, पोखराका मुख्य चोक र सघन बस्ती भएका क्षेत्रहरूमा सार्वजनिक शौचालय आवश्यक छन्,’ नगर प्रमुख आचार्यले भने, ‘पोखरा महानगरपालिकाले एकल र साझेदारीमा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गरिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्जाल रहेको विश्व शौचालय सङ्घले राखेको प्रस्तावप्रति हामी सकारात्मक छौँ ।’ आवश्यक प्रक्रिया पूरा गरी सुविधा सम्पन्न शौचालय निर्माण गर्न समन्वय तथा सहकार्य गरिने उनले बताए । हाल पोखरा महानगरपालिकामा १५ भन्दा बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० भन्दा बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय रहेका छन् ।
विश्व शौचालय सङ्घ शौचालयको माध्यमबाट सरसफाइमा सुधार गरी जीवन रक्षा गर्न समर्पित एक अन्तर्राष्ट्रिय संस्था हो । सन् २००७ देखि मानवताका लागि शौचालयको महत्त्व पुष्टि गर्न र विश्वभर सरसफाइको अवस्था सुधार गर्न विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । मानिसको दैनिक जीवनमा उचित सरसफाइ र स्वच्छताका लागि शौचालयको महत्त्वपूर्ण भूमिका रहन्छ ।
भेटवार्तामा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगी, सरसफाइ शाखा प्रमुख बलराम पाठक, विश्व शौचालय सङ्घका निर्देशक योङ चान सिम र सङ्घकी सदस्य डा. सञ्जु कुमारी पौडेल सहभागी थिए ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया