पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध लाग्नुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष ओली

काठमाडौं ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी र नेतृत्वविरुद्ध लागेको देख्दा आफू आश्चर्यमा परेको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा आफूलाई उद्धृत गर्दै आएका समाचार ‘भ्रामक र मनगढन्ते’ भएको भन्दै उनको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गरी वास्तविक भनाइ सार्वजनिक गरेको हो ।
एमालेको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंका महाधिवेशन प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिका सम्बन्धमा गलत समाचार सम्प्रेषण भएको सचिवालयको भनाइ छ ।
अध्यक्ष ओलीले ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ भनेर नभनेको सचिवालयको दाबी छ । सचिवालयले उक्त भनाइलाई स्वार्थप्रेरित र भ्रामक भन्दै आपत्ति प्रकट गरेको छ ।
सचिवालयका अनुसार, अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् सदस्यता नलिई सञ्चारमाध्यम र अन्य नेताहरूमार्फत सक्रिय राजनीतिमा आउन खोजेको भन्दै आलोचना गरेका थिए । ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन,’ ओलीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
उनले पार्टी केन्द्रीय कमिटीले भण्डारीलाई सदस्यता दिँदा उनी र आन्दोलनकै सम्मानमा आँच पुग्ने निष्कर्ष निकालेको जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष ओलीले भने, ‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन ।’
प्रधानमन्त्रीको सचिवालयले उक्त भेटघाट कुनै प्रशिक्षण नभई अनौपचारिक रहेको जनाउँदै वास्तविकता नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेको छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया