तीजगीतमा बाराही मावि पहिलो

पोखरा ।
सूर्यचन्द्र विकास समाज पोखरा ५ मालेपाटनले आयोजना गरेको ११ औं मालेपाटन तीजगीत प्रतियोगिता २०८२ मा बाराही मावि पहिलो भएको छ ।
पोखरा महानगरपालिका ५ मालेपाटन स्थित बाराही माविको खेल मैदानमा भएको प्रतियोगितामा धारापानी आमा समूह दोस्रो, अमरसिंह मावि तेस्रो र ऊर्जाशील महिला समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट भेषभूषामा एकलधारा आमा समूह, नृत्यमा इन्साइन एकेडेमी तथा उत्कृष्ट शब्द चयनमा प्रस्र्याङ रातामाटा आमा समूहले पुरस्कार जितेका छन् ।
प्रतियोगितामा १६ समूहले प्रतिस्पर्धा गरेका थिए । पोखरा वडा नं ५ कार्यालयको विशेष सहयोगमा भएको प्रतियोगितामा प्रथम हुने समूहले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना हुने समूहलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट भेषभूषा र नृत्यलाई ३/३ हजार रुपैयाँ प्रदान गरिएको समाजका अध्यक्ष सावित्री कोइरालाले जानकारी दिइन् ।
२०५१ सालमा स्थापित समाजले ‘भडिकलो तीज मुक्त क्षेत्र, वडा नम्बर ५ मालेपाटनको घोषणालाई कार्यान्वयन गरौँ’ भन्ने अभियान चलाएको छ । मौलिक लोक संस्कृति जगेर्ना गर्न तथा युवालाई गीत र नृत्यको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्न सबै सरोकारवालालाई जुटाएर तीज विशेष कार्यक्रम आयोजना गरिएको अध्यक्ष कोइरालाले बताइन् ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को मुख्य प्रायोजन तथा भानु मेसिनरीको सह–प्रायोजक रहेको कार्यक्रममा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्वका लागि यो कार्यक्रमलाई प्रायोजन गर्न पाउनु महत्वपूर्ण कार्य भएको बताए । कार्यक्रममा उत्कृष्ट नारी स्रष्टा रामकली खड्का तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरतबहादुर खत्रीलाई सम्मान गरिएको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य दामोदर बैरागी, पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बराल, पोखरा महानगरका कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति कास्की सचिव अञ्जु केसी, समाजका पूर्व अध्यक्षहरू कृष्णप्रसाद बराल र लक्ष्मण कोइराला, समाजसेवी पुरुषोत्तम पराजुली, समाजका उपाध्यक्ष हेमराज भण्डारी, महासचिव दीपकप्रसाद कोइरालाले बोलेका थिए ।
कार्यक्रममा कलाकारहरू जीवन दहाल, तारापति सुवेदी, कुमार पुन तथा लक्ष्मी नेपालीले सांगीतिक प्रस्तुतिसहित निर्णायकको भूमिका निर्वाह गरेका थिए । सहिद स्मृति पुस्तकालय र बाटिका खोलेर पठन संस्कृतिको विकासमा योगदान गरेको समाजको पुस्तकालयका लागि १२ जनाले अक्षयकोष प्रदान गरेका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले समेत २५ हजार १ सय ५५ रुपैयाँ अक्षयकोषमा प्रदान गरे । मौलिक तीजगीतको संरक्षण, सामाजिक एकता, पर्यटन प्रवद्र्धन र प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने कार्यक्रमको उद्देश्यले समाजले तीजगीत प्रतियोगिता गरेको हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया