पोखरामा ३ दिने योग विज्ञान सुरु

पोखरा ।
पोखरामा बिहीबारदेखि तीन दिने योग विज्ञान सुरु भएको छ । पातन्जल योग समिती नेपाल, गण्डकी प्रदेशले चौंथो केन्द्रिय महाधिवेशन एवं आठौं वार्षिक साधारणसभाको अवसरमा कार्यक्रम आयोजना गरेको हो । शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ ।
१४ गते बिहान योग शिविर पश्चात सात प्रदेशका ३४ वटा जिल्ला संगठनबाट सहभागी प्रतिनिधि, गण्डकी प्रदेश एवं कास्कीका विभिन्न सरकारी गैरसरकारी संस्थाका प्रतिनिधिको उपस्थितिमा प्रभातफेरी निकालिने समितिले जनाएको छ ।
रन्जित इभेण्ट सेण्टरबाट नयाँ बजार, महेन्द्रपुल, रानीपौवा हुँदै महाधिवेशन स्थल सम्म धिमेबाजासहितको प्रभातफेरी निकालिने भएको हो ।
पातन्जल योग समिती नेपालका केन्द्रिय अध्यक्ष वालमुकुन्द सुवालले योग साधना क्षेत्रमा उत्कृष्टता हासिल गरेको जिल्ला एवं योग साधना केन्द्रलाई सुवाल अवार्ड प्रदान गरिने जानकारी दिए । २०७५ सालमा स्थापना भएको पातञ्जल योग समिती नेपालले राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, बैधानिकता र पारदर्शितालाई मार्गनिर्देशन सिद्धान्तका रुपमा अगाडी बढाएको अध्यक्ष सुवालले बताए ।
१४ गते नै महाधिवेशन विशेषांक बुलेटिन २०८२ र पातन्जल योग दर्शन पुस्तिका बिमोचन गरिने केन्द्रिय बरिष्ठ उपाध्यक्ष डा. नवराज काफ्लेले जानकारी दिए । पाँच वर्षभित्रमा देशका ७७ वटै जिल्लामा पुग्नेगरि अभियान सञ्चालन गरिरहेको उपाध्यक्ष डा. काफ्लेले बताए ।
महाधिवेशन पश्चात भदौ १७ गतेसम्म मौन साधना सहितको योग ध्यान तथा प्रशिक्षण शिविर संञ्चालन गरिने महाधिवेशन तयारी संयोजक कमला गुरुङले जानकारी दिइन् ।
समितिले देशका विभिन्न सांगठनिक सञ्जालहरुमार्फत योगशिविर आयोजना गर्ने, योग गोष्ठी, योग अन्तरक्रिया, विद्यालयहरुमा योग वक्तृत्वकला प्रतियोगीता, योग प्रशिक्षण, योग खेलकुद प्रतियोगीता लगायत कार्यक्रमहरु गर्दै आएको छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया