मानव अधिकारकर्मी बरालको दोश्रो स्मृति दिवस

पोखरा ।
मानव अधिकारकर्मी तथा बामपन्थी नेता टेकनाथ बरालको दोश्रो वार्षिक स्मृतिमा बिहीबार उनका छोरा तथा लेखक विद्याविमल बरालका साहित्यिक सिर्जना ‘आगो जस्तै पहाड’ र ‘मरिसेला’को सार्वजनिक गरिएको छ ।
टिएन बराल स्मृति अध्ययन केन्द्र पोखराले आयोजना गरेको कार्यक्रममा प्रगतिवादी साहित्यकार तथा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सो कृतिको विमोचन गरे ।
पहिलो ‘कृति आगो जस्तै पहाड’ बरालको सस्मरण हो । दोश्रो कृति ‘मारीसेला अंग्रेजी उपन्यास हो । एमाले उपमहासचिव ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका सच्चा अनुयापी बराल सधै कम्युनिस्टको एकताको पक्षमा रहेको बताए । उनले स्वतन्त्र बामपन्थी नेता बराल कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने अभियानमा लागेको उल्लेख गरे ।
उनले सबै बामपन्थी एक हौं भन्ने अभियान चलाएका बराल सबैको साझा व्यक्तिको साझा व्यक्तिको रुपमा आजीवन रहेको बताए ।
उनले कम्युनिस्ट आन्दोलनका तीन धारमध्ये पुष्पलालको स्कुलिङको धार बलियो अवस्थामा रहेको दाबी गरे । उनले केशरजंग रायमाझीको दक्षिणपन्थी धार र मोहनविक्रम सिहंको तेश्रो धार कमजोर अवस्थामा रहेको बताए ।
‘पुष्पलालको स्कुलिङको एमाले कम्युनिस्ट पार्टीको मुल धार बनेको छ,’उनले भने, ‘एकताको बाटो संगठन सुदृढिकरणबाट हुन्छ । हामी जुन धारमा छौं, त्यसलाई बलियो बनाउन आवश्यक छ ।’ उनले तुलनात्मक रुपमा बलियो धारलाई सुदृढ गरी अरु कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नु पर्ने तर्क गरे । विगतमा पनि तत्कालिन मालेको धारले विभाजनलाई रोक्दै कम्युनिस्ट पार्टीलाई एकीकृत गरेको जानकारी दिदै उनले नेकपा मालेको आव्हनमा नेकपाको चौथो महाधिवेशन भएको उल्लेख गरे ।
उनले माओवादी केन्द्रको मुल नेतृत्वले एमालेसँगको एकतामा इमान्दारिता नदेखाएको कारण नेकपा टिक्न नसकेको बताए । उनले मनमोहन अधिकारी र भरतमोहन अधिकारीले एकताको खम्बा बनेकोले माले र माक्सवादीको एकता सुदृढ भएको चर्चा गरे । कम्युनिस्ट पार्टीहरु लक्ष्यमा आधारित एकतामा जान पर्ने उल्लेख गर्दै नेता ज्ञवालीले सबै एकै ठाउँमा जुटेर क्रान्ति सम्भव नभएकोले हिड्दै गएपछि सबै मिल्दै जाने तर्क गरे । उनले राजनीति, मानव अधिकार र शिक्षा क्षेत्रमा योगदान गरेका टेकनाथ सामाजिक रुपान्तरणको तपस्वी भएको बताए । उनले साँचो अर्थमा सन्त नेता बरालमा लोभ मोह र क्रोध नभएको स्मरण गरे ।
एमाले स्थायी कमिटीका सदस्य किरण गुरुङले स्वतन्त्र बाम नेता बरालको नेतृत्वलाई सबैले स्वीकार गरेको बताए । उनले बरालले छिरलिएको र लथालिंग भएको कम्युनिस्ट पार्टीलाई संगठित गरी जीवन र गति दिएको जानकारी दिए । विद्याविमलका सहकर्मी रहेका गुरुङले विद्यार्थी जीवनमा क्रान्तिकारी बन्न राजनीतिक वहस अनिवार्य हुने चर्चा गरे । उनले राजनीतिक वहसमा विद्याविमल अब्बल भएको स्मरण गरे ।
प्राडा भरतराज पहारीले टेकनाथको व्यक्तित्वबाट विद्याविमललाई फरक राखेर हेर्न नमिल्ने बताए । बाम बुद्धिजीवि रामराज रेग्मीले ‘आगो जस्तै पहाड’मा संस्मरणमा विद्याविमलको बाल्यकालदेखि २०४०सम्मका घटनाक्रम समेटिएको जानकारी दिए ।
नेपाल बौद्धिक परिषद् कास्कीका अध्यक्ष सहप्राडा नागेन्द्र भण्डारीले ‘मरिसेला’ उपन्यासमा देश छोड्दाको पीडा र आप्रवासनका समस्यालाई चित्रण गरिएको बताए । लेखक बरालले मानव अधिकार,सामाजिक न्याय, असमानता बिरुद्धको आन्दोलनलाई सशक्त बनाउने अध्ययन केन्द्रलाई विस्तृत र फराकिलो बनाउने जानकारी दिए ।
कार्यक्रममा प्रगतिशील साहित्यकार नारायण मरासिनी, टेकनाथका छोरी शोभा पहारी बराल पत्रकार दिपेन्द्र श्रेष्ठ लगायतले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा टेकनाथ बरालको योगदानको चर्चा गरे ।









सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया