स्वास्थ्य बिमा नवीकरणमा अब जरिवाना, समयमा नगरे लाग्नेछ चार गुणासम्म थप शुल्क

काठमाडौं ।
तोकिएको समयमा स्वास्थ्य बिमा नवीकरण नगर्ने बीमितहरूले अबदेखि जरिवाना तिर्नुपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले एक सूचना जारी गर्दै म्याद गुजारेर नवीकरण गर्नेलाई योगदान रकमको चार गुणासम्म थप शुल्क लाग्ने नयाँ व्यवस्था गरेको हो ।
तर, विगतमा नवीकरण छुटाएकाहरूका लागि आगामी असोज मसान्तसम्म जरिवाना नलाग्ने गरी एक पटकलाई छुट दिइएको छ ।
बोर्डले एक सूचना जारी गर्दै विगतमा नवीकरण छुटाएका सबै बीमित परिवारलाई आगामी असोज मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको छ । उक्त अवधिसम्म नवीकरण गर्दा कुनै पनि थप शुल्क लाग्ने छैन । बोर्डले दर्ता सहयोगीमार्फत वा अनलाइन प्रणालीबाट सहजै नवीकरण गर्न सकिने जनाएको छ ।
असोज मसान्तपछि भने म्याद गुजारेर नवीकरण गर्नेलाई समयावधिअनुसार जरिवाना लाग्ने बोर्डले स्पष्ट पारेको छ ।
सूचनाअनुसार, म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्नेछ । छ महिनाभित्र नवीकरण गर्दा ३० प्रतिशत र एक वर्षभित्र गर्दा ५० प्रतिशत थप शुल्क तिर्नुपर्नेछ ।
त्यसैगरी, एक वर्षभन्दा बढी समय गुजारेमा शतप्रतिशत (एक गुणा), दुई वर्षभन्दा बढी भएमा तीन गुणा र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबर थप शुल्क लाग्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया