गण्डकीमा राजमार्ग सुरक्षा र दुर्घटना न्यूनीकरणबारे सरोकारवालासँग अन्तर्क्रिया

पोखरा ।
गण्डकी प्रदेशमा राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका उपाय खोज्न पोखरामा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार आयोजित कार्यक्रममा सरोकारवालाहरूले हाल देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरेका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेका हुन् । ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको मुख्य उद्देश्य ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती पहिचान गरी समाधानका लागि नयाँ कार्यदिशा तय गर्नु रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले कास्की जिल्लाको सवारी दुर्घटनाको अवस्था र ट्राफिक व्यवस्थापनबारे प्रस्तुति दिएकी थिइन् ।
सहभागीहरूले राखेका जिज्ञासाहरूलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापा, सडक विभाग र पोखरा महानगरपालिकाका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।
अन्तर्क्रियामा गण्डकी प्रदेशस्तरीय यातायात व्यवसायी, सरोकारवाला संघ-संस्था, सडक विभाग, पोखरा महानगरपालिका, नागरिक समाज र पत्रकारहरूको उपस्थिति रहेको थियो








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया