पर्वतका ८६ सडक स्तरोन्नति हुँदै

समाधान संवाददाता २०८२ भदौ १२ गते १८:००

पर्वत ।

संघीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९६ करोडभन्दा बढी लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन् । जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिनेछ ।


सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ । प्रदेश सरकारले ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले रु ३३ करोड प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

Advertisement


गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ । यो वर्ष १९ करोड ४५ बजेट घटेको छ भने ५० वटा आयोजना कम छन् । विगतदेखि सञ्चालनमा रहेका ६ बहुवर्षीय योजनालाई स्रोत सुनिश्चित भएको छ ।


दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि ३ करोड बजेट विनियोजन भएको छ । यो सडकले ४ वर्षदेखि गति लिन सकेको छैन ।

Advertisement

बस्ती विकास कार्यक्रम अन्तर्गत संघ सशर्त अनुदानबाट ५ सडकका लागि २ करोड ७५ लाख विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया