नयाँबजार पोखराबाट हराएका ११ वर्षे बालकको खोजी

समाधान संवाददाता २०८२ भदौ १३ गते ११:३४

पोखरा ।

कास्की जिल्ला प्रहरी कार्यालयमा पोखरा महानगरपालिका वडा नम्बर ९, नयाँबजारका ११ वर्षीय बालक कुशाङ लामा हराएको भन्दै निवेदन परेको छ। सो निवेदनका आधारमा प्रहरीले खोजी कार्य सुरु गरेको छ।

कुशाङ लामा पोखरा महानगरपालिका वडा नम्बर ९, नयाँबजारबाट भदौ ४ गतेबाट हराएका हुन्। परिवारले दिएको जानकारीअनुसार उनी करिब ५ फिट अग्ला, गहुँगोरो वर्णका र मध्यम शारीरिक बनावटका छन्। उनका बुबाको नाम सुरज लामा भएको प्रहरीको सूचनामा उल्लेख छ।

Advertisement

निवेदनमा उनलाई फेला पारेमा नजिकको प्रहरी कार्यालय वा 9824154057 मा सम्पर्क गर्न अनुरोध गरिएको छ। परिवार र प्रहरीले आवश्यक सहयोगका लागि सबैलाई आग्रह गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया