पोखराका ११ देखि ३३ वडासम्मको जग्गा वर्गीकरण हुँदै

पोखरा
पोखरा महानगरपालिकाले भू–उपयोग ऐन २०७९ र भू–उपयोग नियमावली २०७९ बमोजिम भू–उपयोग वर्गीकरणको प्रक्रिया सुरु गरेको छ । महानगरपालिकाले वडा नम्बर ११, १२, १३ देखि ३३ सम्मको विस्तृत जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणका लागि सूचना प्रकाशन गरेको हो ।
पोखरा महानगरपालिका भू–उपयोग परिषदको भदौ ५ गते बसेको बैठक र २०७९ असोज १९ गतेको निर्णयानुसार यो प्रक्रिया अगाडि बढेको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमार्फत निवेदन दिनुपर्नेछ । निवेदनसँगै जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि, जग्गाधनीको कित्ता नम्बर देखिने गरीको नक्सा र जग्गाधनीको सम्पर्क नम्बर पनि बुझाउनुपर्नेछ ।
महानगरपालिकाले भू–उपयोग वर्गीकरणसम्बन्धी विस्तृत विवरण र नक्सा पोखरामुन डट जिओभी डट एनपी र जाग्गाभागिकरणमा उपलब्ध गराएको छ । इच्छुक जग्गाधनीहरूले यी वेबसाइटहरूबाट थप जानकारी लिन सक्नेछन् वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । प्रकाशित सूचनाअनुसार कृषि क्षेत्रमा वर्गीकरण गरिएका कित्ताहरूमा कुनै गुनासो भए वा वर्गीकरण क्षेत्र परिवर्तन गर्नुपर्ने भएमा तोकिएको मापदण्डका आधारमा निवेदन दिन सकिनेछ ।










चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया