थारू समुदायको इतिहास, संस्कृति जोगाउन विशेष वा स्वायत्त क्षेत्र दिनुपर्छ: अध्यक्ष दाहाल

त्रिवेणी (नवलपरासी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति, इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष वा स्वायत्त क्षेत्र दिनुपर्ने बताएका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा थारू राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको आयोजनामा संचालित थारू समुदायको परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गण्डकी प्रदेशको नवलपुरमा थारू समुदाय रहेको भए पनि यो जनसंख्याले यहाँबाट प्रदेश र संघमा प्रतिनिधित्व हुने सम्भावना असम्भवजस्तै भएको बताएका छन्।
‘थारू समुदायको उपस्थिति गण्डकी प्रदेशको नवलपुरमै छ, प्रदेशको हिसाबले निकै थोरै थारूको समुदाय रहेकाले यो जनसंख्याले कहिल्यै पनि प्रदेश र संघमा यहाँबाट प्रतिनिधित्व असम्भव जस्तै छ। त्यसको एउटा मात्र उपाय गण्डकी प्रदेशभित्र एउटा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र थारूहरूका लागि दिनुपर्छ,’ अध्यक्ष दाहालले भने, ‘अनिमात्र थारूहरूको पहिचान, संस्कृति, इतिहासको प्रदेश र संघमा प्रतिनिधित्व गराउन सकिन्छ। यस विषयमा सामूहिक ढंगले आवाज उठाउन जरुरी छ।’
अध्यक्ष दाहालले अहिले पनि संविधानमा भएका कयौँ व्यवस्थाहरूको ठीकसँग कार्यान्वयन हुन नसकेको बताए। संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था संविधानले गरेको भए पनि कानुन नबन्दा संविधानमा लेखेको कतिपय कुरा कार्यान्वयनमा जान नसकेको उनले बताए।
कार्यक्रममा अध्यक्ष दाहालले स्थानीय तहदेखि प्रदेश र संघसम्म दलित, महिला, आदिवासी जनजाति, मजदुर किसानको प्रतिनिधित्व क्रान्तिकारी आन्दोलन र जनआन्दोलनको बलमा भएको बताउँदै थारू समुदायका बाँकी पहिचान अधिकार स्थापित गर्न आफू लागिरहने बताए। रासस









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया