निजी विद्यालय र स्वास्थ्य संस्था सार्वजनिक कम्पनी बनाउन पोखरेली व्यवसायी नारायण पौडेलको सुझाव

पोखरा । पोखरेली व्यवसायी नारायण पौडेलले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा गैरनाफामूलक बनाउने दिवास्वप्न पछ्याउनुभन्दा यथार्थपरक सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनले फेसबुक स्टाटस मार्फत निजी विद्यालय र स्वास्थ्य संस्थालाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नु समयको आवश्यकता भएको उल्लेख गरेका छन् ।
पौडेलले भनेका छन्, ‘दश करोडभन्दा बढी पूँजी रहेका र पाँच वर्षसम्म निरन्तर नाफा आर्जन गरेका निजी विद्यालय तथा स्वास्थ्य संस्थाहरूलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नु आजको समयको माग हो। सुधारको स्पष्ट बाटो समातौँ — भ्रम, भावनात्मक प्रचार र विरोधको उल्टो दिशाबाट टाढा रहौँ।’
उनको यो अभिव्यक्ति निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानविरुद्ध उठाएका मागसँग सम्बन्धित छ। सञ्चालकहरूले पूर्ण छात्रवृत्ति व्यवस्था, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान, र विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने प्रस्ताव हटाउनुपर्ने माग राखेका छन्।
पौडेलको टिप्पणीले विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानी भएका व्यवसायीको दृष्टिकोणलाई उजागर गरेको छ, जसले सुधार र व्यावहारिक कदममा जोड दिनुपर्ने सन्देश दिन्छ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया