इमानदार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास हुन्छ : मन्त्री गुरुङ

काठमाडौै ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देशको विकास सम्भव हुने विश्वास व्यक्त गरे ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले विकासका लागि सुशासन र समृद्धिका पक्षमा इमानदार भएर काम गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय विदेशमा विद्यार्थी अध्ययन गर्न जाने संख्या बढेको उल्लेख गर्दै उनले विदेशीएका युवालाई स्वदेश फर्काउन इक्यानले पहल गर्नुपर्ने बताए ।
‘उच्च शिक्षाका लागि विदेश जानु सकारात्मक हो तर इक्यानकै पहलमा ती युवालाई स्वदेशमै भविष्य देखाउनुपर्नेछ,’ उनले भने, ‘इक्यानले विदेश गएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गरी स्वदेशमै नवीन कार्य गर्न प्रोत्साहित गर्नुपर्छ ।’
नेपाल विकासका प्रशस्त सम्भावना भएको देश भएको उल्लेख गर्दै मन्त्री गुरुङले देशलाई शैक्षिक हब बनाउने आधार तयार गर्न इक्यानलाई सुझाव दिए । त्यसका लागि शिक्षा नीति, ऐन र कानुनको समयसापेक्ष परिमार्जन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले स्वदेशमा युवाको उत्साहलाई टिकाइराख्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए ।
कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले विश्वभर नेपाली विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाउनु र नवीन कार्यमा प्रतिष्ठित हुँदै जानु इक्यानको सफलता भएको बताए । यसलाई सरकारले सकारात्मक रूपमा लिनुपर्ने आग्रह पनि उनले गरे ।
उनले इक्यानको भावी उद्देश्य विश्वभरबाट गुणस्तरीय शिक्षा प्राप्त गरेका विद्यार्थीलाई स्वदेश फर्केर सेवा गर्न प्रेरित गर्ने रहेको स्पष्ट पारे ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया