उपन्यासकार दीपक पराजुलीको नेतृत्वमा र्‍यान्डम रिडर्स सोसाइटी

समाधान संवाददाता २०८२ भदौ १४ गते १७:४४

पोखरा

र्‍यान्डम रिडर्स सोसाइटीको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । मिथ्या उपन्यासका लेखक पराजुली पृथ्वीनारायण क्याम्पसमा कानुन विषय अध्यापन गर्छन् । उनी कानुन व्यवसायी पनि हुन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमु छन् । त्यसैगरी, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी निर्वाचित भएका छन् ।

Advertisement

कार्यसमिति सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शंकरमणि त्रिपाठी (छन्दमणि) छन् ।

यसअघि अधिवेशनको पहिलोसत्र अध्यक्ष रुपिन्द्र प्रभावी जोशीको अध्यक्षतामा भएको थियो । सभाले सचिव नेपालप्रकाश अधिकारी र कोषाध्यक्ष ध्रुव केसीले पेस गरेको क्रमश प्रगति र आर्थिक प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा पूर्व अध्यक्ष गनेस पौडेलले पठन संस्कृतिको विकासका लागि सोसाइटीले पुर्‍याएको योगदानको चर्चा गरे ।

Advertisement

कार्यक्रममा पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसी, पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा उपाध्यक्ष अनुपमणि अधिकारीले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया