सर्वेश्वर समितिका व्यवसायीलाई कर अभिमुखीकरण

पोखरा । पोखराको चिप्लेढुंगा स्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीलाई शनिबार कर तथा वित्तीय साक्षरता अभिमुखीकरण दिइएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा कार्यक्रम गरेको हो ।
व्यवसायीलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करका विषयमा सहजीकरण गरे । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्न सक्ने प्रष्ट्याए । करसम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने, ‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’
उनले कर विवरण सही रुपमा भए/नभएको बुझ्न बेला बेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । बिल दुरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भए÷नभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्युरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरे । उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउन्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने बताए ।
सर्वेश्वर व्यवसायी समिति अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबारसम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया