श्रमको सम्मानबाट समुन्नत समाजः पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले एसइईमा उत्तीर्णमध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा यातायात मजदुरका १५ छोराछोरीलाई सम्मान गरिएको हो ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले श्रमको सम्मान विना समुन्नत समाजको निर्माण हुन नसक्ने बताए । उनले श्रम गर्नु गौरवको विषय भएको उल्लेख गरे । ‘श्रमिक निर्माणको संवाहक हो । श्रमको अपमान गर्ने समाज असभ्य र जंगली हुन्छ,’ उनले भने, ‘श्रमको सम्मान गर्ने देश छिटो विकास भएर फड्को मारेको विश्वमा धेरै उदाहरण छ ।’
उनले एमालेले श्रमको सम्मानका अलवा श्रमिक वर्गको हकहितमा काम गरेको दाबी गरे । सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक भत्ता, योगदानमा आधारित सामाजिक सुरक्षाको योजना ल्याएको जानकारी दिए । उनले राज्यका निकायमा वर्गिय रुपमा समेत आरक्षण आवश्यक भएको चर्चा गरे । उनले सम्मानित विद्यार्थीलाई स्वदेशमा अध्ययन गरी देश बनाउन आग्रह गरे ।
नेपाल जस्तो पवित्र ठाउँको मान्छे युरोप अमेरिका जान नपर्ने तर्क गर्दै उनले पिता, पुर्खाको सम्मान गर्न विद्यार्थीलाई अनुरोध गरे । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले एमालेका सरकारको पालामा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको बताए । उनले अनौपचारिक क्षेत्र लगायतका सबै श्रम क्षेत्रमा सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।
अहिलेसम्म देश भरीका ५३ पालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरेको जानकारी दिँदै उनले ३सय ३३ जना श्रमिकले कोषबाट पेन्सन पाएको बताए । जिफन्ट सहकारी प्रवद्र्धन बोर्डका सदस्य ईश्वरप्रसाद आचार्यले श्रमिकले न्युनतम पारिश्रमिक नपाएको जनाए । सरकारले तोकेको तलब नपाएकोले श्रमिकले आन्दोलन गर्नु पर्ने अवस्था आएको उनले उल्लेख गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकलाई सूचीकृत गर्ने सवाललाई प्रमुखताका साथ उठाएको बताए । उनले संगठनले सबै यातायात मजदुरलाई संगठित गर्न नसकेको उल्लेख गरे । यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्रीले सबै श्रमिकलाई कोषमा समेट्नको लागि दबाबमुलक कार्यक्रम गर्ने बताए ।
‘श्रमको सम्मान, मर्यादित काम, सामाजिक सुरक्षा योजना कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन गण्डकी अध्यक्ष बलराम सापकोटा, क्युपेक नेपाल केन्द्रीय सचिव पुण्यप्रसाद उप्रेती, नेपाल यातायात मजदुर संगठनका प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङ, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष बेनीराज थिङ, कोषाध्यक्ष केशव खतिवडा, संगठनका साविक गण्डकी प्रदेशका पूर्वअध्यक्ष आनन्द श्रेष्ठ लगायत यातायात क्षेत्रका समस्याबारे बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया