पत्रकार आरजू विष्ट सल्यानीलाई आर्थिक पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०८२ भदौ १४ गते १९:०८


पोखरा । पोखरा उद्योेग वाणिज्य संघले हरेक २ वर्षमा प्रदान गर्दै आएको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार आरजू विष्ट सल्यानी पुरस्कृत भएका छन् ।
पोखरालाई कर्मक्षेत्र बनाई कार्यरत सल्यानीलाई संघका पूर्वअध्यक्ष नारायण कोइराला संयोजक रहेको छनोट समितिले आर्थिक पत्रकारितामा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको थियो । संघको ७१ औँ वार्षिक अधिवेशनको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सम्मानित गरेका हुन् ।
पुरस्कार रापश नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र छ । यो पुरस्कारबाट यसअघि पत्रकारहरु भरत कोइराला, लालप्रसाद शर्मा, सन्तोष पोखरेल, रुपनारायण ढकाल र वाशुदेव मिश्र सम्मानित भइसकेका छन् ।
साधारण सभामा महासचिव शोभा गौतमको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा लक्ष्मी विद्या पदक पनि अर्पण गरियो ।

तपाईको प्रतिक्रिया