व्यवस्थाको रक्षाका लागि माओवादीः महासचिव देवप्रसाद गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका १७ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विभिन्न शक्तिले देशमा द्वन्द्व सृजना गरेर संकट निम्त्याउने प्रयास गरेकाले राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए ।
‘अहिलेको व्यवस्थालाई कमजोर बनाउने प्रयास भएको छ । दलहरूबीचको मजबुत एकताबाट मात्र राष्ट्रिय स्वाधीनता र एकताका लागि बल पुग्दछ । वर्तमान व्यवस्थाको विकल्प छैन’, महासचिव गुरुङले भने । नेता गुरुङले देश स्वाधीन बन्नका लागि भ्रष्टाचारको अन्त्य हुनैपर्नेमा जोड दिए ।
माओवादीको नेतृत्वमा बनेको अघिल्लो सरकारले सुशासनका लागि काम गरेकाले जनतामा समेत उत्साह छाएको उनको भनाइ छ । महासचिव गुरुङले देश विकासमा माओवादी केन्द्रको विकल्प नभएको जनाए । उनले भने, ‘केही सीमा र कमजोरी भए पनि माओवादीको विकल्प अन्य दल हुन सक्दैनन् । अहिले आकारमा सानो भए पनि व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्छ ।’
नेता गुरुङले विभिन्न चाडपर्वहरूले देशमा राष्ट्रिय एकता बलियो बनाउने र नेपाली समाजको एकताको आधार बनेको उल्लेख गरे । कार्यक्रममा संविधानसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य तेजकुमारी पौडेल, दुर्गा विक, गंगा पोखरेल, अखिल नेपाल महिला संघ कास्की अध्यक्ष सृजना त्रिपाठी लगायतले देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया