पोखरा २६ को सर्वमोक्ष धाममा नयाँ समिति

समाधान संवाददाता २०८२ भदौ १४ गते १९:१२

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २६ को कालिकाचोकमा रहेको सर्वमोक्ष धाम मन्दिर संरक्षण समितिको अध्यक्षमा बसन्त बञ्जरा चयन भएका छन् । समितिको शनिबार भएको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा नारायणी रानाभाट, सचिवमा सरस्वती बञ्जरा र कोषाध्यक्षमा दण्ड पन्थ छन् । समितिको सदस्यहरूमा रूपबहादुर बञ्जरा, रेवती अधिकारी भाट, युवराज रानाभाट, रीता रानाभाट, कमला रानाभाट र मधु ढुंगाना छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले धर्म र संस्कृतिको रक्षाका लागि स्थानीय स्तरमा निर्माण भएका मठ, मन्दिर तथा धार्मिक स्थलको संरक्षण गर्दै जानुपर्नेमा जोड दिए ।

Advertisement

मन्दिर संरक्षण समितिको अध्यक्ष बलबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक जसोदर सापकोटा, जग्गादाता ओमराज बञ्जरा, स्थानीय समाजसेवी शिवबहादुर रानाभाट, संस्थाका सल्लाहकार प्रेम गुरुङ, सचिव दिपेन्द्र रानाभाट र राजेन्द्रकुमार रानाभाट लगायतले मन्दिर परिसर साँघुरो भएको, संस्थामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्नुपर्ने आवश्यकता र १०८ शिवलिंग राख्ने योजनाहरू रहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया