‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकी’को नेतृत्व शिरशकुमार बास्तोलालाई

समाधान संवाददाता २०८२ भदौ १४ गते २०:३६

पोखरा । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल गण्डकी’को नेतृत्व शिरशकुमार बास्तोलाले पाएका छन् ।

शनिबार पोखरामा सम्पन्न अधिवेशनमा बास्तोलाले २ सय ६३ मत ल्याउँदै प्रतिस्पर्धी अञ्जन थापालाई १ सय ७४ मतको अन्तरले पछि पारे । थापाले ८९ मत मात्रै पाए ।

उपाध्यक्ष पदमा दीपकराज कँडेल विजयी भए । उनले १ सय ७७ मत ल्याउँदा प्रतिद्वन्द्वी हेमप्रसाद गुरुङले १ सय ६९ मत प्राप्त गरे । त्यस्तै, सचिवमा महेन्द्र पौडेल १ सय ८० मतसहित विजयी भए भने तारापति भट्टराईले १ सय ७२ मत पाए । सहसचिव पदमा नन्दलाल सापकोटाले १ सय ९१ मत पाएर जित्दा सुसन त्रिपाठी १ सय ५८ मतमा सीमित भए ।

Advertisement

गण्डकीमा ५ सय ६४ मतदाता रहे पनि ३ सय ५४ जनाले मात्रै मतदान गरे । केन्द्रिय पदतर्फ गण्डकीका रविभूषण झाले अत्यधिक मत पाए । उनले १ सय ९१ मत ल्याउँदा प्रतिस्पर्धी धनेन्द्र केसीले १ सय ५९ मत प्राप्त गरे ।

उपाध्यक्षतर्फ मदन पुरीले १ सय ७६ मत ल्याए भने सागर शमशेर शाहीले १ सय ५७ मत पाए । महासचिव पदमा भुपेन्द्र श्रेष्ठ १ सय ६८ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी सुदर्शन शर्माले १ सय ६२ मत र अर्का उम्मेदवार कुलराज खनालले १६ मत पाए ।

Advertisement

त्यस्तै, उपमहासचिवमा सन्तोष नेपाल १ सय ७७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी खगेन्द्र अवस्थीले १ सय ५७ मत पाए । कोषाध्यक्ष पदमा सुजित कोइरालाले १ सय ७७ मत ल्याएर विजयी हुँदा रश्मिता बञ्जाराले १ सय ६६ मत प्राप्त गरिन् ।

तपाईको प्रतिक्रिया