न्युरोडमा सामसुङ प्लाजा सञ्चालन
समाधान संवाददाता
२०८२ भदौ १५ गते १४:१४

पोखरा ।
पोखराको न्युरोडमा सामसुङ प्लाजा सञ्चालनमा आएको छ । सामसुङको नेपालका लागि आधिकारीक विक्रेता हिम इलेक्ट्रोेनिक्स प्रालिले सञ्चालनमा ल्याएको हो ।
कम्पनिकी निर्देशक सिमा गोल्छाले सामसुङका उत्पादनको बढ्दो मागलाई पुरा गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले प्लाजा खोलिएको बताइन् ।
महेन्द्रपुलमा १३ वर्षदेखि व्यापरा गर्दै आएका सामसुङ प्लाजाका सञ्चालक जनपुकार मुनङ्कमीले हरेक सामानमा ४ देखि ३५ प्रतिशत सम्म छुट पाउन सकिने बताए ।
प्लाजामा सामसुङका विश्वस्तरिय उत्पादनहरु एलइडी, टिभी, फ्रीज मोवाइल लगायत सामग्री उपलब्ध हुनेछन् । उनका अनुसार मोबाइल फोन किन्दा ४० प्रतिशत डाउनपेमेन्ट गनुपर्ने र बाँकी रकम जीरो प्रतिशत ब्याजमा इएमआई मार्फत तिर्न सकिने उनले जानकारी दिए ।

सम्बन्धित









श्रमिक सहकारीको पुँजी सवा २ करोड
घमीमा लोभलाग्दो स्याउ खेती
कालिका बहुमुखी क्याम्पसमा ३ करोडको पुस्तकालय भवन
गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया