पोखरामा यामाहाको दसैं–तिहार मेगा एक्सचेञ्ज मेला

समाधान संवाददाता २०८२ भदौ १५ गते १९:४५

पोखरा ।

यामाहा मोटरसाइकलका लागि विशेष दसैं–तिहार मेगा एक्सचेञ्ज मेला पोखरामा सुरु भएको छ। भि.ए. डब्लु. इन्टरप्राइजेज प्रा.लि.ले आयोजना गरेको यो मेला भदौ १५ गतेदेखि २० गतेसम्म पोखरा शो–रुम र अमरसिंह खेलमैदानमा सञ्चालन हुने बताइएको छ।

मेला अवधिमा ग्राहकहरूले पुरानो मोटरसाइकल साटेर नयाँ यामाहा मोटरसाइकल खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद फाइदा पाउनेछन्। साथै, पुरानो मोटरसाइकलको मूल्याङ्कनमा न्यूनतम २५ हजार रुपैयाँसम्म र बजार मूल्यभन्दा थप १० हजार रुपैयाँसम्म बोनस पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Advertisement

त्यसैगरी, मेलामा सहभागी हुने ग्राहकहरूमध्ये प्रत्येक सातामा लकी–ड्रमार्फत यामाहाको मोटरसाइकल जित्ने अवसर पनि रहनेछ। साथै, ७.९९ प्रतिशत मात्र ब्याजदरमा सहज वित्तीय सुविधा उपलब्ध गराइएको छ।

भिए डब्लु इन्टरप्राइजेज प्रा.लि.का निर्देशक सरोज श्रेष्ठले मेलाबारे जानकारी दिँदै भने, “दसैं–तिहारलाई लक्षित गरी ल्याइएको यो योजना ग्राहकहरूलाई थप लाभ दिने उद्देश्यले गरिएको हो। हामीले उनीहरूको अपेक्षा पूरा गर्ने खालका अवसर प्रदान गरेका छौँ।”

Advertisement

नेपालभरै यामाहा मोटरसाइकलका शो–रुम र अधिकृत डिलरमार्फत यस्तो योजना सञ्चालनमा ल्याइएको छ। आयोजकले पोखराका ग्राहकलाई मेलाबाट लाभ लिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया