जनप्रियमा विद्यार्थी सम्मान र बिदाइ

समाधान संवाददाता २०८२ भदौ १५ गते १९:५४

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखरामा आइतबार व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह चौथो वर्ष उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान तथा बिदाइ गरियो ।

Advertisement

क्याम्पसको व्यवस्थापन संकायको आयोजना भएको कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष नारायण बिजुक्छेले विद्यार्थीलाई बधाई ज्ञापन गरे । क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीलाई लक्ष्य निर्धारण गरी अगाडि बढ्न प्रेरित गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू सन्तोष थापामगर र दिपक सिंह महरासहित सबै उत्तीर्ण विद्यार्थीलाई माला, खादा र मायाको चिनो प्रदान गरियो । नेपाल राष्ट्र बैंक पोखरा शाखाद्वारा आयोजित २०८० र २०८१ को हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका विद्यार्थीहरू रामप्रसाद भट्टराई, रामबहादुर तामाङ, कुलबहादुर केसी र राजन पौडेललाई समेत कार्यक्रममा सम्मान गरियो ।

Advertisement

व्यवस्थापन संकायका विभागीय प्रमुख ऋषिराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमबिएस कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसे, विद्यार्थी हितशाखा प्रमुख वेदहरि तिमिल्सिना, नेपाल विद्यार्थी संघका सुदर्शन पगेनी, अनेरास्ववियुका सचिन अधिकारी र सर्वोत्कृष्ट विद्यार्थी सन्तोष थापामगरले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया