पोखरामा घर निर्माण फेस्ट सकियो

समाधान संवाददाता २०८२ भदौ १५ गते २०:००

पोखरा । घर कसरी भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने लगायतका सेवा एउटै छतमुनि समेटेर जानकारी दिने उदेश्यका साथ पोखरामा आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट सकिएको छ ।

Advertisement

स्किल सेवाको आयोजनामा पोखरा १० स्थित अमरसिंह चौरमा भएको २ दिने फेस्ट पोखराका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए । मेला ६ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।

फेस्टमा विशेषज्ञ प्राविधिकले ७ सय जनालाई घर निर्माणका सम्बन्धमा निशुल्क परामर्श दिएका छन् । फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र सर्वसाधारण पुगेका थिए ।

Advertisement

निमार्णका क्रममा दक्ष जनशक्ति र प्रविधिको प्रयोगले घर मजबुत र टिकाउ बन्ने उनीहरुले बताए । प्रत्येक मानिसका लागि घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति रहेकाले यसलाई भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने भन्नेमा आवश्यक परामर्श दिइएको सञ्चालक शताक्षी मिश्रले बताइन्।

अर्का सञ्चालक समन कुँवरले घर निर्माणमा सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु साथै घर निर्माणसम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको बारेमा सर्वसाधारण एंव सरोकारवालालाई जानकारी दिइएको जनाए ।

Advertisement

स्किल सेवाका सिइओ रमेश तिमिल्सिनाले फेस्टमा विभिन्न निर्माणसम्बन्धी कम्पनी, बैंक लगायतका गरी ३२ वटा स्टल रहेको जनाए । फेस्टमा इन्टेरियरका सामन सुपथ मूल्यमा उपलब्ध गराइएको थियो भने घर निमार्ण गर्दा आवश्यक कुरामात्र राख्दा खर्च कम हुने पनि बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया