राप्रपा कास्की अधिवेशनका तयारी तीव्र

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जिल्ला अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ । शनिबार पोखरामा बसेको विस्तारित बैठक अधिवेशनकै तयारीमा केन्द्रित रह्यो । बैठकमा पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग कार्की प्रमुख अतिथि रहे ।
बैठकमा वडादेखि पालिका र जिल्ला अधिवेशनसम्मका विषयमा विस्तृत छलफल गरिएको थियो । राप्रपाले हालै ७७ वटै जिल्लाका लागि केन्द्रीय पर्यवेक्षक खटाइसकेको छ । कार्कीलाई कास्की जिल्लाको पर्यवेक्षकको जिम्मेवारी दिइएको छ । उनले भने, ‘पार्टीको अधिवेशन समयमै अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्नका लागि पर्यवेक्षकहरू तोकिएका हुन् । म कास्कीमा सो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’
बैठकमा केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष र जिल्लास्तरीय पदाधिकारीको सहभागिता थियो । बैठकले असोज मसान्तसम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यस क्रममा पहिलो चरणमा पोखरा महानगरको अधिवेशन असोज ५ देखि १० गतेसम्म हुने भनिएको छ ।
हालसम्म पोखरा महानगरका ३३ वडामध्ये धेरै वडाको अधिवेशन भइसकेको छ भने बाँकी वडा ४, १०, १५, २१ र २२ को अधिवेशन भदौभित्र सम्पन्न गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिए । पोखरा अधिवेशनपछि कास्कीका चार गाउँपालिका रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रेमा अधिवेशन हुने कार्यक्रम छ ।
अर्का केन्द्रीय सदस्य अरुण गिरीले अधिवेशनको सन्दर्भमा बोलेका थिए । उनले भने, ‘कास्कीलाई बेटर कास्की बनाउन सबैजना एकजुट हुनुपर्छ । जिल्लामा सक्षम नेतृत्व ल्याएर देश विकासमा अघि बढ्नुपर्छ । राप्रपा सधैं जनताको हकहितको पक्षमा रहन्छ ।’







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया