रत्नशोभा माविमा विजयराज–सीता कुमारी पुस्तकालय अक्षयकोष स्थापना

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा विजयराज–सीता पुस्तकालय अक्षयकोष स्थापना गरिएको छ । १८ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा पोखरा २९ भण्डारढिक निवासी विजयराज भण्डारीले आफू र आफ्नी श्रीमतीको नाममा १ लाख ५० हजार रुपैयाँको पुस्तकालयको विकासका लागि पुस्तकालय अक्षयकोष स्थापना गरेका हुन् ।
आफू जन्मेको स्थानलाई सम्मान गर्नुपर्ने बताउँदै शिक्षक समाज र विद्यार्थीले उनलाई अनुकरणीय व्यक्तिको रुपमा लिएको बताए । नेपाल शिक्षक संघ कास्की जिल्लाका पूर्व अध्यक्ष समेत रहेका भण्डारीले सभ्य समाज बनाउन विद्यालय महत्वपूर्ण स्थान भएको बताउँदै सभ्यताको चिनारी नै पुस्तकालय भएको बताए । विद्यार्थीले पुस्तकालयको प्रयोगबाट अन्तर्निहित क्षमताको विकास गर्दै समाजको योग्य पात्र हुने र यसका लागि शिक्षकको महत्वपूर्ण भूमिका हुने पनि उनले बताए ।
जनप्रकाश बहुमुखी क्याम्पस पोखरा २९ भण्डारढिकको सञ्चालक समितिका अध्यक्ष समेत रहेका भण्डारीले भने, ‘मेरा बाबाको मामा ससुराली गाउँ रैकर भएकाले पनि यस स्थानमा विद्यालय स्थापना गर्न मेरा बाबाले उत्प्रेरणा दिएका थिए ।’ यस कारणले पनि यस विद्यालयको चौतर्फी विकासका लागि आफूले एक लाख पचास हजारको पुस्तकालय अक्षयकोषको स्थापना गरेको भण्डारीले बताए ।
आफू नव प्रभात मावि पोखराको प्रधानाध्यापकको रुपमा प्रशासन सञ्चालन गरेको र अहिले अवकाश भएकाले आफूले विद्यालयमा नै सहयोग गरेको बताउँदै विद्यार्थीहरुले पुस्तकालयको अधिकतम प्रयोग गर्दै स्वाध्ययन गर्नुपर्ने बताए । शिक्षकहरुले पनि अहिलेको आधुनिक प्रविधिको प्रयोग गर्दै शिक्षण गर्नुपर्ने सुझाव उनले दिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य महेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले अक्षयकोष दाता विजयराज भण्डारीप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रममाथि प्रकाश पारेको कार्यक्रममा जुनियर युवा रेडक्रस सर्कलका शिक्षक नायक भेषराज सुवेदी, राजु क्षेत्री र आधारभूत तह (१–५) का इन्चार्ज यदुनाथ पाण्डेले पुस्तकालय सम्बन्धि आफ्नो विचार व्यक्त गरेका थिए ।
वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ का एलन प्रथम
१८ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा रत्नशोभा माविमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा कक्षा ९ का एलन गुरुङ प्रथम भएका छन् । कक्षा ९ कै वर्षा सुनार द्वितीय र कक्षा ६ का विमर्श भूर्तेल तृतीय भएका छन् ।
कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीबिच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताको शीर्षक ‘पुस्तकालयको महत्व’ रहेको थियो भने निर्णायक मण्डलमा शिक्षक भेषराज सुवेदी, गोपी माया गुरुङ र सरीता पौडेल लामिछाने रहेको सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया